

प्रिमियर लिग सिटीको विजयी सुरूआत
म्यानचेस्टर सिटीले सिजन २०२२-२३ को लिगमा विजयी सुरूआत गरेको छ। गएराति वेस्ट ह्याम युनाइटेडको मैदानमा २-० को जित निकाल्दै सिटीले लिगमा सुखद सुरूआत गरेको हो।सिटीको जितमा नर्वेली फरवार्ड एर्लिङ हालान्डले दुबै गोल गरे।
प्रिमियर लिगमा डेब्यु गरिरहेका हालान्डले लिगको पहिलो खेलको दुवै हाफमा १-१ गोल गर्दै सिटीलाई जित दिलाएका हुन्। उनले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। यस्तै दोस्रो हाफको ६५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसअघि सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले भने हार बेहोर्यो। घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको हो ।
यस्तै आजकै अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफर्डले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्। एजेन्सी
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



