

सोलुखुम्बुमा हावाहुरीको वितण्डा
सोलुखुम्बु जिल्लामा पछिल्ला केही महिनादेखि अस्वाभाविक रूपमा तीव्र हावाहुरीका घटनाहरू बढिरहेका छन्, जसले स्थानीय संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। स्थानीय बासिन्दाहरूका अनुसार यस वर्षको हावाहुरी अघिल्ला वर्षहरूभन्दा धेरै शक्तिशाली र विनाशकारी भएको छ। सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले भनिन्, “खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन, हावाले घरहरू त परको कुरा रुखहरू नै जराबाटै पल्टिन थाल्यो!”
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, गत माघदेखि चैत ३ गतेसम्म हावाहुरीका कारण २६ वटा घटनामा २० वटा निजी घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबैभन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पुगेको छ, जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवन समावेश छन्।
विज्ञहरूका अनुसार, यसरी तीव्र गतिमा अस्वाभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो। जलवायु विज्ञ तथा सगरमाथा संवादका विज्ञ सदस्य डा. धर्मराज उप्रेतीका अनुसार, हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना भइरहेको छ। उनले भने, “वैश्विक तापमान वृद्धिका कारण मौसम प्रणालीहरूमा अस्थिरता बढ्दै गएको छ, जसले गर्दा अनियमित र तीव्र हावाहुरीजस्ता घटनाको आवृत्ति र तीव्रता बढेको हो, यो पृथ्वीका लागि गम्भीर खतराको संकेत हो।”
स्थानीय प्रशासनले हावाहुरीका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने भएकाले सचेतनामूलक सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको बताए।
यसरी निरन्तर बढ्दो हावाहुरीका घटनाहरूले सोलुखुम्बु जिल्लामा जनजीवन प्रभावित भएको छ, जसले जलवायु परिवर्तनका असरहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँछ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



