नेपाली सेनाको राहत टोली म्यान्मार पुग्दै

म्यान्मारमा गत साता गएको भूकम्पपछिको अवस्थामा सहयोग गर्न नेपाली सेनाले मेडिकल राहत सहित एक टोली म्यान्मार पठाएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल सरकारको निर्णयबमोजिम प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको टोली बुधवार नेपाली सेनाकै एक विमानमा म्यान्मारका लागि उडेको छ। टोलीमा १२ जना चिकित्सकसहित २२ जना रहेको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ। टोलीले भूकम्पप्रभावित क्षेत्रमा गई घाइतेहरूको उपचारमा सहयोग गर्ने छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
156 Shares