

सरकार र बालेन्द्र शाहबीचको टकराव झन् चर्कियो
प्रकाश बम
काठमाडौं । सरकार र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबीचको टकराव झन् चर्किएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने र हाजिर गराउने विषयलाई लिएर भइरहेको विवादले महानगरमा आज तनाव र तोडफोडको स्थिति सिर्जना भयो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कर्मचारी र जनप्रतिनिधिको सहयोगमा आज ताला फोरेर कार्यालय प्रवेश गर्नुभयो । यो घटनाले महानगरकै कर्मचारीहरू बालेन्द्र शाह पक्षधर र एमालेबाट निर्वाचित सुनिता डंगोल पक्षधर गरेर दुई कित्तामा विभाजित भएको देखियो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ उपप्रमुख सुनिता डंगोल, जनप्रतिनिधिहरू र कर्मचारीहरुसँग महानगर कार्यालय पुग्दा अवस्था तनावग्रस्त देखिएको थियो । गुरागाइँलाई अवरोध गर्न प्रमुख बालेन्द्र शाहको निर्देशनमा कार्यालय परिसरमा ठूलो संख्यामा नगर प्रहरी परिचालन भएको थियो । तर, गुरागाइँसहितको टोली नगर प्रहरीको भिड छिचोल्दै कार्यालय प्रवेश गर्यो । त्यसक्रममा कर्मचारी तथा वडाध्यक्षहरूले मेयरविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाई कार्यकक्षमा लगाइएको ताला फोरेर गुरागाई प्रवेश गर्नु भएको थियो । त्यसपछि उहाँले हाजिर गर्नुभयो । उपप्रमुख डंगोल तथा जनप्रतिनिधिहरुको बैठक पनि बसेको थियो । प्रमुख शाहको सचिवालयले भने १५ चैतको घटनालाई विषयान्तर गर्न यस्तो कार्य भएको प्रतिक्रिया दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले आफूलाई पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिइएको गुनासो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्नुभएको थियो । त्यसपछि मन्त्रालयले गुरागाइँलाई काम गर्न दिन भन्दै फागुन तेस्रो साता महानगरलाई आग्रह गरेको थियो । गुरागाइँलाई सरकारले गत भदौ २७ गते महानगरमा पठाएको थियो । तर, पूरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पासमा भ्रष्टाचार गरेको आरोप लगाउँदै गुरागाइँलाई हाजिर गर्न दिइएको थिएन ।
काठमाडौं महानगरले गुरागाइँको सट्टा अर्कै प्रशासकीय अधिकृत पठाउन दबाब दिँदै आएको छ । तर संघीय मन्त्रालयले विवादको टुंगो नलाग्दासम्म नयाँ अधिकृत नपठाउने अडान लिएको छ, जसका कारण काठमाडौं महानगरमा तीन महिनादेखि आर्थिक गतिविधि ठप्प छ, महानगरका कर्मचारी र महानगरअन्तर्गतका शिक्षकहरुको तलबसमेत रोकिएको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



