

वीरगन्जमा कर्फ्यू हटयो
वीरगन्ज । स्थानीय प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यान्न १२ बजेसम्मका लागि जारी गरेको कर्फ्यू आदेश लम्ब्याएकामा सोमबार भने कायम नहुने गरी हटाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगन्जको कर्फ्यू मध्यराती १२ बजेदेखि लागू हुनेगरी हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार हाललाइ कर्फ्यू हटाइएको छ, तर केही ठाउँमा निषेधाज्ञा भने लागू गरिएको छ । महानगरपालिको चार वटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्याल स्वयंले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।’ जिल्लामा शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासनले महानगरपालिका क्षेत्रका चार मुख्य नाकामा निषेधाज्ञा जारी गरेको उनको भनाइ छ ।निषेधाज्ञामा वीरगन्ज महानगरपालिकाभित्र पर्ने स्थानहरूमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन तथा भीडभाड गर्न नपाइने स्पष्ट भनिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिकलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै आदेशको उल्लंघन गर्नेहरूमाथि कानून बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ। हनुमान जयन्तीको उत्सवका मनाउँदै गर्दा वीरगन्जमा दुइ समुदायबीचको विवादले उग्ररुप लिएपछि प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो । तर, आइतबार दिनभर जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिले विवाद साम्य भएपछि कर्फ्यू हटाइएको बताइएको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



