वीरगन्जमा प्रदर्शनले लियो उग्ररुप

काठमाडौं ।वीरगन्जका केही युवाहरुले बुधबार बिहानदेखि परवानीपुर, प्रतिमा चोक, घडिअर्वा चोक, नेसनल ट्रेडिङ चोकसहित विभिन्न स्थानमा फेरि प्रदर्शन गरेका छन् । गत शनिबार हनुमान जयन्तीको शोभायात्राका क्रममा धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा मंगलबार पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेपछि उनीहरुले प्रदर्शन गरीरहेका हुन् ।

मंगलबार पक्राउ परेकामध्ये दुई जना युवा निर्दोष रहेको भन्दै रिहाइको माग गर्दै युवाहरुले टायर बालेर प्रदर्शन गरेको पर्सा प्रहरीले जनाएको छ । मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बस्न खोज्नेहरुलाई प्रहरीले लाठी चार्ज गरेको थियो । त्यहाँबाट उनीहरुले घण्टाघर, आदर्शनगर चोक क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

दुई समुहको झडपको घटनापछि पर्सा प्रहरीले क्षेत्रको सुरक्षालाई कडा बनाएको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले बताए। अहिले भेला, प्रदर्शन आदि हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको उल्लंघन गरी मंगलबार साँझ र बुधबार पनि वीरगन्जमा लगातार दोस्रो दिन प्रदर्शन गरिएको हो ।

प्रहरीले शनिबारको घटनामा संलग्न रहेको आरोपमा चार जनालाई मंगलबार पक्राउ गरेको थियो। प्रहरी उपरीक्षक गौतम मिश्रले सर्वदलीय सर्वपक्षीय बैठकमा भएको पाँच बुँदे सहमति अनुसार नै घटनामा दोषी पाइएका ४ जनालाई पक्राउ गरिएको बताएका छन्। यस्तै बुधबार पनि शनिबारको घटनामा संलग्न रहेको आरोपमा थप एक जनालाई नियन्त्रणमा लिइएको बताए। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बिहान ११ बजेदेखि प्रदर्शनकारी युवाका अगुवाहरुसँग छलफल सुरु गरिएको बताए।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
227 Shares