कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको हो।

ट्याक्टरमा चार जना नै सवार थिए। उनीहरू सबैको पहिचान भइसकेको छ।

दुर्घटनामा पलाँता–५ निवासी अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको मृत्यु भएको छ। त्यस्तै मुगुको खत्याड गाउँपालिका–५ घर भएका ट्याक्टर चालक चन्द्रप्रकाश रोकायाको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी रावतले जानकारी दिए।उनका अनुसार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो।

पलाँता–९ थिर्पुबाट खिनको छलाहा जाँदै गरेको ट्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा दुर्घटना भएको रावतले बताए।

सो स्थान कर्णाली नदीभन्दा पारिपट्टि पर्छ। ट्याक्टर मात्रै चल्ने उक्त सडक निकै कच्ची भएको पनि उनले बताए।

‘रातिको समय र कच्ची बाटो भएकाले दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘मलाई राति १२ः०५ बजे खबर आएको थियो। खबर आउनासाथ घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको थियो। अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयार पार्ने काम भइरहेको छ।’

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
177 Shares