

विष सेवनबाट धनुषामा तीन बालबालिकाको मृत्यु, आमा गम्भीर
जनकपुरधाम । धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन् ।धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले बताए ।इन्स्पेक्टर यादवका अनुसार सुशीलकी श्रमती ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छिन् । उनको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ ।
प्रहरीका अनुसार सोमबार साँझ ६ :४० बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या र आफूले स्वयम विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



