प्रहरीको कानुनी सल्लाहकारमा मल्लिक

काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कोषमा करार सेवामा कानुनी सल्लाहकारका लागि करुणाकर मल्लिक छनोट भएका छन् ।संक्षिप्त सूचीबाट अन्तरर्वार्ता गरिएमध्ये मल्लिकलाई नियुक्तिका लागि छनोट गरिएको प्रहरीले सूचना जारी गरेर जनाएको छ । कानुनी सल्लाहकारका लागि कपिलदेव ढकाललाई वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

कानुनी सल्लाहकार नियुक्तिको लागि ८ माघ २०८१ मा प्रहरीले सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार बनेको संक्षिप्त सूचीबाट छनोट भएकाहरूमध्ये मल्लिकलाई मुख्य उम्मेदवार सिफारिस गरेको छ ।
मल्लिकले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कानुन विज्ञको रूपमा काम गरेका थिए । कल्याणकारी कोषअन्तर्गत नियुक्त हुने भए पनि यसरी नियुक्त हुने कानुन व्यवसायीलाई संगठनकै कानुनी सल्लाहकारका रूपमा काम गराउने गरिएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
283 Shares