शिक्षक आन्दोलन : घाइते पत्रकार भन्छिन `दाहिने आँखा हेर्नै मिल्दैन´

काठमाडौं । शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुगेकी थिइन्, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की । उनलाई शिक्षकहरूले अगाडि नै भनेका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’सोही अनुसार उनी १२ बजे बानेश्वर पुगिन् । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए ।
‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भनेकी छिन्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् ।

‘एक्कासी मलाई लाग्यो । दाहिने आँखा हेर्नै मिल्दैन,’ उनले भनिन् ।आन्दोलनरत महिला शिक्षकले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई अस्पताल लैजान सहयोग गरेको थियो ।‘मलाई सिभिल लगियो । बीचमा पुगेपछि अफिसमा खबर गर्न भनेँ,’ कार्कीले सुनाएकी छिन् ।सिभिलमा उपचार सम्भव नभएपछि उनको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।उपचारमा संलग्न डाक्टरका अनुसार उनको आँखाको भित्री भागसम्म चोट लागेको छ । भिजनमा समस्या छ ।‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले भनिन् ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
332 Shares