

कराते महासंघ प्रमुख सहायक प्रशिक्षकमा दिपक श्रेष्ठ
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ नेपाल कराते महासंघ सहायक प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।
श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद सदस्य सचिब स्तरीयबाट नियुक्ति पाएका हुन् । श्रेष्ठ नेपालमा भएको आठौ साफ र पाकिस्तानमा भएको नवौ साफका स्वर्ण पदक बिजेता खेलाडीसमेत हुन् । पाकिस्तानमा भएको नवौ साफ करातेमा श्रेष्ठले मात्र स्वर्ण पदक ल्याएका थिए । श्रेष्ठले कराते खेलप्रति गरेको योगदानको कदर गर्दै सहायक प्रशिक्षकको जिम्मेवारी पाएको प्रति खेलाडी तथा कराते खेलका विशेषहरुले स्वागतयोग्य कार्य भन्दै प्रशंसा गरेका छन् ।

श्रेष्ठ हाल चाईनाको ह्वान्जाउमा हुन लागेको १९ एशिएन गेमको करातेको प्रमुख प्रशिक्षकको भुमिका छन् । श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले उत्पादन गरेका खेलाडी हुन् । सानै उमेरदेखि मीनकृष्णले प्रशिक्षण दिएका श्रेष्ठ कुनै एक समय उदयमान खेलाडीका रुपमा परिचित थिए । श्रेष्ठलाई उनका गुरु मीनकृष्ण र ललितपुर जिल्ला खेलकुद बिकास समिति अध्यक्ष किकबक्सिङ पुर्ब राष्ट्रिय खेलाडी बिनोद महर्जनले लगनखेल डोजोमा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



