श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो । महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ । ‘यात्राको तस्बिर’ श्रेष्ठका २७ औं प्रकाशित कृति हो । यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।
Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
143 Shares