

११ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस
सरकारले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजीमा) बढुवा गर्न सिफारिस गरेको छ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलबार बैठक बसेर ११ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपक कुमार बस्नेत, ओमविक्रम राना, जयराज सापकोटा, सन्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरूङको नाम डिआइजीमा सिफारिस भएको हो।
यस्तै सचिवालयले मंगलबार नै डिआइजी सिद्धिविक्रम शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नेछ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



