

एउटै ढुङ्गाबाट मालिका मन्दिरको पुनःनिर्माण
बागलुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिरको पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।
एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर बागलुङको प्रसिद्ध मालिका भगवती मन्दिर पुनःनिर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरिएको बताइएको छ । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।
बागलुङ नगरपालिका–५ मालिका स्थित प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुनःनिर्माण गरिएको छ । मालिका भगवती मन्दिरको नामबाट पहिले गाविसको नाम समेत मालिका राखिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५४ लाख वजेटबाट मालिका भगवती मन्दिर पुनःनिर्माण थालिएको र अहिले मन्दिरको पुनःनिर्माण अन्तिम तरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिको महासचिव खीम सापकोटाले जानकारी दिए । उनले मन्दिरसँगै अन्य थप संरचना गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी एक करोडको संरचना तयार भइरहेको सापकोटाले जानकारी दिए । रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



