भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको अमेरिकी भिसा रद्द

काठमाडौँ । भिजिट भिसाको नाममा नेपाली यात्रुबाट रकम असुलेको आरोपमा अनुसन्धानको घेरामा परेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) का नाममा जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ अमेरिकी भिसा रद्द गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकी सरकारले उक्त कदम चालेको हो ।स्रोतका अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । गत जेठ ७ गते बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भट्टराईलाई नियन्त्रणमा लिइएको थियो ।अख्तियारले उनका मोबाइल तथा अन्य डिभाइसहरू समेत नियन्त्रणमा लिएको छ । ती डिभाइस फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
148 Shares