

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीले विदेशी सिमकार्ड प्रयोग गरेपछि ..
भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीले विदेशी सिमकार्ड प्रयोग गरी संवाद गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ । छानबिनबाट जोगिन, निगरानीबाट उम्किन र प्रमाण लुकाउन उनीहरूले एजेन्टहरूले मिलाइदिएको विदेशी सिममार्फत विच्याट र स्न्यापच्याटजस्ता एप प्रयोग गरेर संवाद गर्दै आएको पाइएको छ ।
आयोगले सहसचिव तीर्थराज भट्टराई र केही एजेन्टमाथि गरेको छानबिनमा युएईलगायत देशका सिमकार्ड प्रयोग गरेको प्रमाण फेला परेको छ । सहसचिव भट्टराई, ट्राभल व्यवसायी बालकृष्ण खड्का र भट्टराईको आर्थिक व्यवस्थापनमा संलग्न कविता पौडेल तथा खगेन्द्र सुवेदीको मोबाइल जफत गरी परीक्षण भइरहेको छ । परीक्षणबाट सेटिङसम्बन्धी थप प्रमाण आउने आयोगका अधिकारीको विश्वास छ । आयोग स्रोतका अनुसार कोर समूहका व्यक्तिहरूले विदेशी सिमकार्ड प्रयोग गर्दै आएका थिए । ‘विगतमा अध्यागमन कर्मचारीले नेपाली नम्बरमै ह्वाट्सएप र भाइबरमार्फत एजेन्टसँग कुरा गर्दथे,’ आयोगका एक अधिकारीले भने, ‘अहिले विदेश सिम प्रयोग गर्ने र त्यसमा विच्याट, स्न्यापच्याट तथा इमोमार्फत सेटिङमा जानेको लिस्ट मगाउने र अन्य कुराकानी गर्दै आएको देखिएको छ ।’
अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको सूचनाका आधारमा गत बुधबार आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानी कार्यालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । हाल उनीसहित त्यो दिन नियन्त्रणमा लिइएका चारजनालाई हाजिरी जमानीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरूका प्रमाण धेरै संकलन भइसकेकाले थुनामा नराखिएको आयोगका अधिकारी बताउँछन् । प्रारम्भिक छानबिनमै भिजिट भिसाको सेटिङ संस्थागत देखिएको र यसको प्रत्यक्ष सम्बन्ध गृह मन्त्रालयमा देखिएको स्रोत बताउँछ । मन्त्रालयकै संरक्षणपछि भिजिट भिसामा दिनमा औसतमा दुई सयजनालाई विदेश उडाउने गरिन्थ्यो । सेटिङमा नपर्नेलाई विमानस्थलबाटै फर्काइने गरिएको थियो ।
आयोगले पहिलो चरणमा सहसचिव भट्टराई र दोस्रो चरणमा अन्य कर्मचारीमाथि विस्तृत छानबिन गर्दै छ । घटना संगठित र संस्थागत प्रकृतिको भएकाले यसमा ठूलो समूह अनुसन्धान तानिने आयोगका अधिकारी बताउँछन् । आयोगले प्राविधिक अनुसन्धान र निगरानीमार्फत प्रमाण जुटाएर मात्र कर्मचारी र गिरोहमा आबद्ध व्यक्ति पक्राउ गरेको थियो ।
उता, काठमाडौंस्थित अमेरिकी दूतावासले सहसचिव तीर्थराज भट्टराईको अमेरिकाको भिसा रद्द गरेको छ । भिजिट भिसाको मानवतस्करीमा मुछिएपछि भट्टराई र उनको श्रीमतीको भिसा रद्द गरेको दूतावास स्रोत बताउँछ ।
अख्तियारले सहसचिव भट्टराईको बैंक खाता रोक्का राखिसकेको छ । उनको सम्पत्ति समेत छानविन गर्ने तयारी छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



