

बाढीले विद्युत् सेवा अवरूद्ध, २५० परिवार अन्धकारमा
सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । भोटखोला–३ मा दुई वटा जलविद्युत् आयोजना बगाउँदा दुई सय ५० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
शनिबार रातिको वर्षासँगै आएको बाढीले भोटखोला–३ स्थित एक सय २० किलोवाटको हुङगुङ जलविद्युत् आयोजना र १७ किलोबाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना बगाउँदा सिङ्गो गाउँनै अन्धकार भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
बाढीले विद्युत् गृह र विद्युत् उत्पादन गर्ने सामग्रीमा क्षति पुर्याउँदा गाउँ अन्धकार भएको विजुलीबिहीन भएको हो । बाढीले जलविद्युत् आयोजना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ । बाढीका कारण ध्वस्त भएको विद्युत् गहृ बनाउन र पुनः विजुली बाल्न समय लाग्ने अध्यक्ष भोटेले बताए ।त्यस्तै बाढीले कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोला–३ हटिया र हुङहुङ सडक बगाएको छ ।बाढी खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । बाढीले खाँदबारी–किमाथाङ्का सडक खण्डमा करिब ५० मिटर कच्ची सडक बगाएको छ । रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



