जिम्मेवार भएर गाडी नियमित चलाउन यातायात व्यवसायीलाई मन्त्री दाहालको आग्रह

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक गाडी बन्द गर्नु गलत भएको बताउनुभएको छ । गएराति सरकारसँग भएकाे सहमतिअनुसार यातायात व्यवसायीहरूले आज बिहानदेखि नियमित गाडी चलाउनुपर्ने भए पनि अहिलेसम्म नचलाउनु गलत भएको भन्दै उहाँले जिम्मेवार भएर गाडी चलाउन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै गाडी चलाउने यातायात व्यवसायीहरूको तर्क व्यवहारिक नभएको मन्त्री दाहालको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ अर्थात् निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीहरूले हिजाेदेखि सार्वजनिक गाडी नचलाएका हुन् । तर सरकार र यातायात व्यवसायीहरूबीच गएराति भएको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भइसकेको छ । सहमति भए पनि सडकमा सार्वजनिक गाडी कम चलेका छन् । सबै सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ ।

यातायातमन्त्री दाहालले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्‍याएकाले बाँकी कुराहरू विधेयकमार्फत सम्बोधन हुने बताउनुभयो । याे विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने उहाँले बताउनुभयो ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
254 Shares