

१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
काठमाण्डौ – युवा तथा खेलकुद मन्त्रालयको सहयोग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा विभिन्न कार्यक्रमसहित हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन अवसरमा राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताउँदै खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले प्रतियोगिता धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।
साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनु पर्ने उहाँको भनाइ छ । सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश छन् । प्रतियोगिता भोलि शुक्रवारसम्म चल्नेछ ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



