

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव
वीरगञ्ज (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताउनु भएको छ ।
आज पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले श्रीसिया नदीमा दिनानुदिन बढ्दै गएको प्रदूषणको अवस्थालाई गम्भीरतापूर्वक लिँदै त्यसको तत्काल र दीर्घकालीन समाधानका लागि आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदूषण नियन्त्रणका लागि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा, खानेपानी मन्त्रालयको सहलगानी आयोजना अन्तर्गत आवश्यक बजेट विनियोजन गरी कार्य योजना निर्माण गरी अघि बढाइने छ । नदीको संरक्षण र प्रदूषण नियन्त्रण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने छ ।”
यसैगरी उहाँले वीरगञ्ज महानगरपालिकाले श्रीसिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि जतिसक्दो चाडो आवश्यक प्रस्ताब पेश गर्न समेत आग्रह गर्नुभयो ।
मन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्र प्रदूषण नियन्त्रणमा दीगो समाधान सम्भव हुने तथा नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले आवश्यक प्रस्ताब पेश गर्ने जानकारी गराउनु हुँदै मन्त्रालयबाट थप आवश्यक सहयोग गरिदिन आग्रह गर्नु भएको थियो ।
उक्त छलफल कार्यक्रममा, उद्योग बाणिज्य संघका प्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना निर्देशक सुरतकुमार बम लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



