रूपन्देहीमा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु, छोरा घाइते

रूपन्देहीको सियारीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार मृतक र घाइते बाबु छोरा हुन्।

सियारी गाउँपालिका वडा नं. ७ भर्थापुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी गणेश सापकोटाले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल दुर्घटनामा परी मायादेवी गाउँपालिका वडा नं. ७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको मृत्यु भएको हो। उनका ३० वर्षीय छोरा विनोद धवलले चलाएको मोटरसाइकलको पछाडि सवार राम मिलनको उपचारको क्रममा मृत्यु भएको हो।

विनोदले चलाएको मोटरसाइकल सडकमा अनियन्त्रित भई आफै दुर्घटनामा परेको थियो।दुर्घटनामा परी घाइते भएका दुबै जनालाई उपचारको लागि अस्पताल पुर्‍याए पनि राम मिलनको उपचारको क्रममा मृत्यु भएको हो। विनोदको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
128 Shares