अछाममा बाघको आक्रमणबाट एक पुरुष घाइते

मङ्गलसेन । अछामको ढकारी गाउँपालिका– ४ मा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मङ्गलवार साँझ करिब ४ बजे ढकारी गाउँपालिका–४ कैलाशस्थित वसन्त सामुदायिक वन अन्तर्गत बोके खोला क्षेत्रमा बाघले आक्रमण गर्दा कैलाली मोहन्याल गाउँपालिका–१ फलिबिसौनाका ४८ वर्षीय धर्मसिंह थापा घाइते भएका हुन् ।थापा हाल मोहन्यालमा बसोबास गर्दै आए पनि उनी आफ्नो ससुराली घर कैलाश आएका बेला पुर्ख्यौली घर हेर्न गएका थिए । उक्त वन क्षेत्रमा जाँदै गर्दा जङ्गली जनावर बाघले आक्रमण गरी घाइते बनाएको जनाइएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
450 Shares