बडिमालिका जाने तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

कालिकोट । बडिमालिका जाने तीर्थयात्रीका लागि कालिकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको छ । यही साउन २२ गते पूजा हुने बडिमालिकामा तीर्थयात्रीको घुइँचो लाग्ने भएकाले स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ । यस वर्ष पनि साउन २२ गते विशेष पूजाआजा हुँदैछ । पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको हो । स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सक टोली आइतबार बडिमालिकातर्फ पठाएको नगरप्रमुख धर्मराज शाहीले बताए । ‘बडिमालिकामा लेक लाग्ने, दम बढ्ने, अन्य दुर्घटनालगायत स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी टोली पठाइएको हो’, उनले भने- ‘रास्कोटको बाटो हुँदै एक हजार ५०० बढी तीर्थयात्री बडिमालिका गएका छन् ।’कालिकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाबाट फरक–फरक बाटो हुँदै बडिमालिका पुग्न सकिन्छ । शिविरका लागि रास्कोट नगर अस्पतालका डा.कमलप्रसाद बराल, जनकराज न्यौपाने,नागराज बरालसहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित पठाइएको नगर प्रमुख शाहीले बताए ।विगत वर्षमा तीर्थालु लेक लागेर बिरामी पर्ने गरेका थिए । यसवर्ष त्यस्तो समस्या नहोस् भनेर स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए । देशभरका श्रद्धालु बडिमालिकाको दर्शन गर्न जाने गर्छन् ।रासस

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
144 Shares