

बाँकेमा जग्गा नाप नक्सा र पुर्जा वितरण
बाँके, साउन २२ गते । बाँकेमा भूमि समस्या समाधान आयोगले हालसम्म करिब एक हजार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिकाका विभिन्न वडामा चार चरणमा गरी जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष खनालले भन्नुभयो,“अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकाहरुलाई लालपुर्जा वितरण कार्य चलिरहेको छ । ”
अध्यक्ष खनालका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । कोहलपुरकै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
यसैगरी राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४, बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएको छ । यसैगरी राप्तीसोनारी ३,५ ,७ र ९, बैजनाथ ४ र ६, खजुरा ४ र ५ नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा जारी छ ।
राप्तीसोनारी १, बैजनाथ १, जानकी ४, नेपालगञ्ज १८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।
नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण कार्य हुँदैछ । आयोगका अनुसार थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि तयारी अवस्थामा छ ।
आयोगका अनुसार हालसम्म ५३ हजार ७०५ जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । जसमध्ये आठ हजार ३०० निकुञ्ज क्षेत्रभिका छन् । आयोगले दोस्राे र तेस्राे सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



