

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति
10.5kViews
360
Shares
काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा आर्थिक पारदर्शिता, नियुक्ति प्रक्रियामा देखिएका अनियमितता र जिम्मेवार निकायको मौनता जस्ता सार्वजनिक सरोकारका संवेदनशील विषय उठाइएको थियो ।
उक्त समाचारप्रति असन्तुष्ट बनेका ट्रमा सेन्टरका केही कर्मचारीले पत्रकारमाथि व्यक्तिगत रूपमा आक्रामक, अपमानजनक र धम्कीपूर्ण व्यवहार देखाएका छन् । यो कार्य प्रेस आचारसंहिता २०७३ को धारा ५ (पत्रकारमाथि शारीरिक तथा मानसिक आक्रमण नगर्ने) को प्रत्यक्ष उल्लंघन भएको र मुलुकी फौजदारी संहिता २०७४ अनुसार दण्डनीय अपराध समेत हुने शाखाले विज्ञप्तिमा स्पष्ट पारेको छ।
काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले पत्रकारमाथि भएको आपराधिक तथा अमानवीय आक्रमणको घोर भर्त्सना गर्दै सम्बन्धित सुरक्षा निकाय र प्रशासनलाई तत्काल, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “स्वतन्त्र प्रेस, सत्य सूचनाको अधिकार र निर्भीक पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ हुन् । यस्ता आक्रमणहरूले पत्रकारहरूमा त्रास, असुरक्षा र आत्म-सेंसरको वातावरण सिर्जना गर्छन् जसले अन्ततः नागरिकको सूचनाप्राप्ति अधिकारमै चोट पुर्याउँछ ।”
शाखाले पत्रकारको सुरक्षा सुनिश्चित गर्नु सरकार, न्यायिक निकाय, प्रहरी प्रशासन र नागरिक समाजको साझा दायित्व भएको स्मरण गराउँदै यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउन सम्बद्ध सबै पक्षसँग दृढ आग्रह गरेको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



