डिडिसीको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान(सुचना सहित)

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगिताबाट पूर्ति गर्न योग्य नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन भनेको हो ।

आवेदन कार्यालय समयभित्र सिंहदरबारस्थित कृषि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड÷संस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी दिनुपर्ने सूचनामा उल्लेख छ ।

आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म पनि दरखास्त दिन सकिने छ । निर्धारित मिति र समयभन्दा बाहिर आएका तथा रीत नपुगेको दरखास्त स्वीकृत नगरिने मन्त्रालयले जनाएको छ ।

अन्य थप जानकारीका लागि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड/संस्थान डेक्स) मा सम्पर्क गर्न सकिने छ ।

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
243 Shares