लमजुङको दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङको दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन् ।लमजुङ दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् ।जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए ।अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
494 Shares