

आज मध्यरातिबाट नेपाल प्रहरीको कमाण्ड सम्हाल्दै आईजिपी खापुङ
आज मध्यरातिबाट नेपाल प्रहरीको कमाण्ड नवनियुक्त आइजिपी चन्द्रकुँवेर खापुङले सम्हाल्दै छन।
आज भदौ १८ गतेदेखि राति १२ बजेपछि बाट नेपाल प्रहरीको सर्वोच्च जिम्मेवारी प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ ले सम्हाल्ने भएका हुन।आजसम्मका आईजीपी दीपक थापाको अनिवार्य अवकाशसँगै खापुङलाई नेपाल सरकारले नयाँ प्रहरी प्रमुखको रूपमा नियुक्त गरेको हो।
आईजीपी खापुङ लामो प्रहरी सेवाको अनुभव बोकेका अधिकारी हुन्। विभिन्न संवेदनशील जिम्मेवारी सम्हाल्दै आएका उनले प्रहरी संगठनभित्र शुद्धिकरण, अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवाग्राहीमैत्री सुधारलाई प्राथमिकतामा राख्ने बताउँदै आएका छन।
उनका मुख्य प्राथमिकताहरू :
- कानून र सुरक्षाप्रति नागरिकको भरोसा थप सबल बनाउने
- सुसंगठित अपराध, मादक पदार्थ, आर्थिक अपराधविरुद्ध कडाइ गर्ने
- प्रहरी सेवामा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने
- संगठनभित्र शिस्त र मनोबल उच्च राख्ने
यससँगै खापुङको नेतृत्वमा नेपाल प्रहरीले नयाँ दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
-
आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते
-
आज असार १० गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
गृहमन्त्री बसेको होटलको खानामा अखाद्य वस्तु फेला, चितवनमा होटल अनुगमन तीव्र
-
प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न
बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन
२२ घण्टा अगाडि
1.5kViews 208 Shares Share on Facebook Share on Twitter ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…



