भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण,राति १०ः११ बजे सुरु भई १ः४१ बजे सकिने

काठमाडौँ ।आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (भदौ २२–२३) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०ः११ बजे स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुने छ। खग्रास अवधि १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहणको अवधि करिब ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।

राशिअनुसार प्रभाव

ज्योतिषशास्त्रअनुसार यस ग्रहणले विभिन्न राशिमा यसरी प्रभाव पार्नेछ:

राशि प्रभाव
मेष लाभ
वृष सुखम्
मिथुन माननाश
कर्कट कष्टम्
सिंह स्त्रीपीडा
कन्या सौख्यम्
तुला चिन्ता
वृश्चिक व्यथा
धनु श्रीप्राप्ती
मकर क्षति
कुम्भ घात
मीन व्यय

लाभदायी हुने राशि: मेष, वृष, कन्या, धनु
हानिकारक हुने राशि: मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ, मीन

विशेषगरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका तथा कुम्भ राशिका व्यक्तिका लागि यो ग्रहण अत्यन्त कष्टप्रद मानिएको छ।

के गर्नु हुँदैन?

धार्मिक मान्यताअनुसार दिउँसो १ः११ बजेदेखि सुतक लाग्ने भएकाले भोजन निषेध गरिएको छ। ग्रहण अवधिमा मन्त्रजप, दान र हवनलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने वा हिंसात्मक कार्य नगर्नु भन्ने उल्लेख छ।

वैज्ञानिक दृष्टिकोण

वैज्ञानिक दृष्टिले चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने स्पष्ट गरिएको छ। बरु खगोलप्रेमी र विद्यार्थीहरूका लागि अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर हुने बताइएको छ।

आगामी फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन अर्को ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
287 Shares