

सामाजिक सञ्जाल नियन्त्रण होइन, कानुन बनाएर नियमन गर्नुपर्छ : नेपाल मिडिया सोसाइटी
काठमाडौँ । नेपाल मिडिया सोसाइटीले सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिएको छ । सोसाइटीका अध्यक्ष मदन लम्सालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले २६ वटा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय हतारमा लिएको भन्दै यसले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउने आशङ्का बढाएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘कानुनी दृष्टिले दर्ता अनिवार्य हुनु औचित्यपूर्ण भए पनि, व्यावहारिक दृष्टिले तत्काल निष्क्रिय पार्ने निर्णयले प्रयोगकर्ताको व्यक्तिगत तथा व्यावसायिक काममा असर पारेको छ । सरकारलाई कानुन बनाएर पारदर्शी र चरणबद्ध नियमनतर्फ अघि बढ्न जरुरी छ ।’
सोसाइटीले सामाजिक सञ्जाललाई समाचार, व्यवसाय, राजनीतिक अभियान, शिक्षा र समाजसेवाका शक्तिशाली माध्यमका रूपमा स्वीकार गर्दै नियमनका नाममा नियन्त्रण गर्ने प्रयास लोकतन्त्रका लागि खतरनाक हुने चेतावनी दिएको छ।लम्सालले सर्वोच्च अदालतले समेत ‘कानुन बनाएर मात्र नियमन गर्ने’ आदेश दिएको प्रसङ्ग उठाउँदै सरकारको कदमप्रति शङ्का उत्पन्न भएको उल्लेख गरेका छन् । उनका अनुसार सरकारले कर उठाएर कम्पनीहरूको उपस्थिति स्वीकार गरेको भए पनि सम्पूर्ण कानुनी प्रक्रिया स्पष्ट नगरेको कारण अपराध अनुसन्धान र डेटा सुरक्षामा समस्या देखिएको छ।सोसाइटीले अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता, डेटा सुरक्षा, व्यावसायिक अधिकार र राष्ट्रिय हितलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने स्पष्ट र पारदर्शी कानुनी संरचना तत्काल निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



