

एसियन कप छनोट : भुटानसँग खेल्दै नेपाल
एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ । बहराइनमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । शेख अलि बिन मोहमद अल खलिफा स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ । यता भुटान पनि नेपाललाई हराउँदै प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । छनोटको समूह ‘बी’ नेपालसँगै भुटान, कतार, बहराइन र बंगालादेश छन् ।समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमको तयारी राम्रो भएकाले आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफू बलियो बन्ने बताएका थिए ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



