स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय : काठमाडौं शाखा

काठमाडौं ।  ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंको बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा समाचार संकलन गर्ने क्रममा प्रहरीको गोली लागी कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना तथा नेपाल प्रेसकर्मी उमेश कार्की घाइते भएको दुःखद र निन्दनीय घटना भएको उल्लेख गरेका छन् ।
स्वतन्त्र प्रेसमाथि भएको आक्रमणलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भन्दै शाखाले दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै पत्रकार तथा सञ्चारमाध्यमको सुरक्षालाई प्राथमिकता दिन स्वतन्त्र र भयरहित वातावरणमा समाचार संकलन गर्न सक्ने अवस्था निर्माण गर्न आग्रह गरेको छ ।
शाखाले पत्रकारहरूलाई परिचयपत्र र प्रेस अंकित ज्याकेटसहित मात्र रिपोर्टिङमा खटिन अनुरोध गर्दै प्रेस दमनविरुद्ध सम्पूर्ण सञ्चारकर्मीलाई एकताबद्ध भई प्रतिवाद गर्न आह्वान गरेको छ ।
Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
392 Shares