

उपत्यका प्रहरी कार्यालयद्वारा मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन
काठमाडौं । उपत्यका प्रहरी कार्यालयले मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन दिएको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले बिहीबार उपत्यकाभरिका विभिन्न युनिटमा कार्यरत सिनियर अफिसरलाई दिएको निर्देशनअनुसार, सबैजसो कार्यालयका भौतिक संरचना ध्वस्त भएका कारण आएका सबै मुद्दा सम्बन्धित जिल्ला प्रहरी परिसरबाट चलाउन भनेका छन्।
प्रहरीका सवारी साधनहरू समेत आगजनीमा परेका अवस्थासमेत, आम नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्नु नै प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले सबै सुरक्षाकर्मीहरूलाई आफ्नो कर्तव्यबाट पछि नहट्न स्पष्ट निर्देशन दिएका छन्। उनले भने, “अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा समेत, जनताको सुरक्षाका लागि आवश्यकता परे पैदल नै भए पनि खटिन तयार रहनुहोस्। सवारीसाधनको अभाव कहिल्यै पनि सेवा प्रवाहमा अवरोध बन्नु हुँदैन।“
उनले कार्यालय सरसफाई गर्दै कार्यालय, मेस र व्यारेकलाई छिट्टै सञ्चालनमा ल्याउन भनेका छन्। कार्यालय सरसफाईमा स्रोत साधनको अभाव भएमा नागरिक र स्थानीय संघसंस्थासँग समन्वय गर्न उनले निर्देशन दिए। ड्युटी छोडेर गएका प्रहरीलाई फिर्ता ल्याउँदै काममा लगाउन उनले भनेका छन्।
उनको निर्देशनअनुसार, सबै प्रहरी इकाइहरूलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न भनिएको छ। भइरहेका आन्दोलन, विरोध कार्यक्रम वा अन्य सम्भावित जोखिमपूर्ण अवस्थाहरूलाई मध्यनजर गर्दै प्रहरी प्रशासन पूर्णरूपमा सतर्क रहेको र कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षात्मक रणनीति अपनाइएको एआईजी कार्कीले जानकारी दिनुभएको छ।
विभिन्न युनिटबाट निस्किएका थुनुवालाई सरकारी वकिलको कार्यालय खुलेपछि त्यहाँ पेश गर्न उनले निर्देशन दिएका छन्। विभिन्न कारागारबाट भागेका कैदी–बन्दी भेटिए सम्बन्धित कारागार कार्यालयमा दाखिल गर्न उनले भनेका छन्।
प्रहरी संगठनले नागरिकको विश्वास कायम राख्दै, कानुनको दायराभित्र रही आवश्यक बल प्रयोगमार्फत शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्धता पुनः दोहो¥याएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



