
ताप्लेजुङका किसान बँदेलबाट पीडित

ताप्लेजुङ । सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहनत सङ्कटमा परेको छ ।
स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रमा करिब २५–३० घरपरिवार प्रतिवर्ष वन्यजन्तुको जोखिमबाट पीडित हुने गरेका छन् । “पहिले भालुले दुःख दिने गर्थ्यो, अहिले बँदेलको आक्रमण बढेको छ”, उनले बताए । उनका अनुसार हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा सखाप हुने गरेको छ ।
मकै पाक्ने समयमा किसान रातभर बारीमा डेरा जमाउन बाध्य छन् । “एउटा माउ र दुई बच्चासहित तीन वटा बँदेल हरेक रात आउँछन् । मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु ?” उनले गुनासो पोखे । बँदेलले मकैमात्र नभई आलु, सिमी, पिँडालु र अन्य तरकारीमा समेत क्षति पुर्याउने गरेको छ ।निरन्तर क्षतिका कारण केही किसान बसाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन् । तर अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि स्थानीय तह वा सरोकारवाला निकायबाट कुनै ठोस पहल भएको छैन । सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको औपचारिक निवेदन गाउँपालिकामा नआएको बताउँदै निवेदन आए कार्यपालिकाले निर्णय गरी केही सहुलियत दिने आश्वासन दिइन् । डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’मा १६ प्रजातिका जनावरबाट क्षति भए राहत दिने व्यवस्था छ । तर बँदेल त्यसमध्ये नपर्ने भएकाले किसानले राहत पाउने आधार नरहेको बताए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
-
आज कार्तिक १३ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
दुई राजदूतको नाम अस्वीकृत भएपछि आईजीपी दानबहादुर कार्कीमाथि निशाना किन?
-
आज कार्तिक १२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
जातीय विभेद र महिला हिंसाविरुद्ध कडा कारबाहीमा जोड, मन्त्री सीता बादी र आईजीपी कार्कीबीच भेटवार्ता
आज कार्तिक ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
4.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफन्तहरूसँग चलिरहेको वादविवाद समाधान हुनेछ। समाजमा नयाँ जिम्मेवारी प्राप्त हुन…





