सहुलियत ऋण लगानीबाट चार सय ३० कृषक लाभान्वित

दमौली । सहुलियत ब्याजदरमा ऋण लगानीबाट तनहुँका चार सय ३० पशुपालक कृषक लाभान्वित भएका छन् । जिल्लास्थित विभिन्न बैङ्कले उपलब्ध गराएको सहुलियत ब्याजदरमा ऋण लगानीबाट चार सय ३० पशुपालक कृषक लाभान्वित भएका हुन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको तथ्याङ्कअनुसार जिल्लाका १४ बैङ्कले पशुपालक कृषकलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरेका छन् । सरकारको निर्णय बमोजिम ती बैङ्कले पशुपालक कृषकलाई सहुलित ब्याजदरमा पशुपालन गर्नका लागि ऋण उपलब्ध गराएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पशुपालनमा सहयोग पु¥याउन बैङ्कले पाँच प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरेका छन् । कार्यालयको तथ्याङ्कअनुसार कृषकलाई रु ३३ करोड १८ लाख १५ हजार ऋण प्रवाह गरिएको छ । कृषकले ऋण लिएर कुखुरापालन, पशुपक्षी तथा मत्स्यपालना, बाख्रा, गाईभैंसीपालनमा लगानी गरेका छन् ।

कुखुरापालनका लागि आठ, पशुपक्षी तथा मत्स्यपालनका लागि एक सय २९, बाख्रा तथा गाईभैंसीपालनका लागि चार, पशुपालनका लागि दुई सय ८७ ले सहुलियत ब्याजदरमा ऋण लिएका छन् ।

कुखुरापालनका लागि एनआइसी एसिया बैङ्कले रु २० लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि नेपाल बङ्गलादेश बैङ्कले रु एक करोड २५ लाख, बाख्रा तथा गाईभैंसीपालनका लागि साङ्ग्रिला विकास बैङ्कले रु १७ लाख, पशुपक्षीपालनका लागि सनराइज बैङ्कले रु चार करोड पाँच लाख, पशुपक्षीपालनका लागि लक्ष्मी बैङ्कले रु एक करोड ९२ लाख ८३ हजार लगानी गरेका छन्् ।

पशुपालनका लागि ग्लोबल आइएमइ बैङ्कले रु दुई करोड ३९ लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि कामना सेवा विकास बैङ्कले रु एक करोड ४५ लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि राष्ट्रिय वाणिज्य बैङ्कले रु ५२ लाख, पशुपक्षी तथा मत्स्यपालनका लागि मेघा बैङ्कले रु एक करोड छ लाख ८० हजार, पशुपक्षी तथा मत्स्यपालनका लागि कुमारी बैङ्कले रु नौ करोड ५८ लाख नौ सय ६०, पशुपक्षी तथा मत्स्यपालनका लागि कृषि विकास बैङ्कले रु सात करोड ३५ लाख ७५ हजार, पशुपक्षी तथा मत्स्यपालनका लागि एनएमवि बैङ्कले रु ५७ लाख ५० हजार, कुखुरापालन तथा पशुपालनका लागि माछापुच्छ«े बैङ्कले रु पाँच करोड ३८ लाख ५० हजारपशुपालनका लागि नेपाल बैङ्कले रु दुई करोड ९१ लाख ९२ हजार र पशुपालन कै लागि मेरो माइक्रोफाइनान्सले रु तीन करोड ९१ लाख ८५ हजार लगानी गरेका छन्् ।

भेटेरीनरी ९पशु० अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएपछि पशुपालन गर्नेको सङ्ख्या बढेको छ । यद्यपि किसानले लागत अनुसारको मूल्य पाउन नसकेको गाईपालक कृषक व्यास नगरपालिका–११ निवासी कालिका पौडेलले बताउनुभयो । “चोकरको मूल्य महिनैपिच्छे बढ्छ, तर दूधको मूल्य बढ्दैन, लागत अनुसारको मूल्य नपाउँदा कृषक मारमा पर्दै आएका छन्”, उहाँले गुनासो गर्नुभयो ।

पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँमा दूध, मासु र अण्डाको उत्पादन मागभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७७÷७८ भन्दा २०७८÷७९ मा दूध, अण्डा, मासु र माछाको उत्पादन वृद्धि भएको केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष ०७८÷७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै अण्डा दुई करोड ७० लाख ६० हजार गोटा उत्पादन भएको छ । दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिकटन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिकटन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको छ । प्रतिव्यक्ति प्रति वर्ष दूध ८४ दशमलव ९४ लिटर आवश्यक पर्ने भएकामा जिल्लामा एक सय १८ दशमलव ५४ लिटर, मासु १७ दशमलव ८३ किलो आवश्यक पर्नेमा जिल्लामा १४ दशमलव ४१ किलो, अण्डा ५१ दशमलव १८ गोटा आवश्यक पर्नेमा ८२ दशमलव ५९ गोटा उपलब्ध भइरहेको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
Shares