नवनियुक्त काठमाडौंको सिडिओमाथि पूर्वएआईजी लोहनीको प्रहार

काठमाडौं । सहसचिव ईश्वरराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाइएकोमा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले तीव्र आपत्ति जनाएका छन्।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बन्न खोजेका पौडेल सत्ता परिवर्तनसँगै काठमाडौंको सिडिओ बनेका हुन्। उनलाई सुशीला कार्की नेतृत्वको सरकारले कानुनका ज्ञाता गृहमन्त्री ओमप्रकाश अर्यालको सिफारिसमा सिडिओ बनाएर पठाएका हुन्।

यस निर्णयपछि सामाजिक सञ्जालमार्फत पूर्वएआइजी लोहनीले पौडेलमाथि खुलेआम प्रहार गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘ल है काठमाडौंमा कार्यरत प्रहरी साथीहरु, मैले जाने बुझेसम्मको सबैभन्दा नालायक, भ्रस्ट, निकृष्ट, अपराधी मनोवृत्तिको फटाहा तपाईँहरूको CDO भएर आएको छ। यो अनुभवहीन जन्तुले फसाउला है, यसको भर नपर्नु, बचेर काम गर्नु होला।’

लोहनी र पौडेलबीचको टकराव पुरानो हो। ३३ किलो सुन प्रकरणको छानबिन समितिको नेतृत्व सहसचिव पौडेलले गरेका थिए। सो समितिले लोहनीसहितका प्रहरी अधिकृतलाई दोषी ठहर गरेको थियो। त्यसलगत्तै लोहनी जेल चलान भएका थिए। तर, पछि अदालतले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि उनी पुनः जागिरमा फर्किएका थिए।

आफ्नो ब्याचमै अब्बल प्रहरी अधिकृतका रूपमा चिनिएका लोहनी एआईजीसम्मको यात्रापछि अवकाश भएका हुन्। तर, पुरानो कटुताले अहिले काठमाडौंको सिडिओ नियुक्तिमा फेरि एकपटक सार्वजनिक रूपमा विस्फोट भएको देखिन्छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
279 Shares