

सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना ठहरै
सर्लाही – सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, हुलाकी सडकखण्डमा गएराति दुर्घटना भएको हो ।
प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षीय अङ्कित चौधरी र २५ वर्षीय रोहित सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अर्का २३ वर्षीय शिवशङ्कर पण्डित घाइते हुनुहुन्छ । घाइतेको न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
एमएच ०४ डिजे १२९७ भारतीय नम्बर प्लेटको जीपले तीन जना चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने जीपलाई फेला पारेको र चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



