

वैदेशिक रोजगार विभागमा तोडफोड र आगजनीपछि पनि सेवा जारी
अस्थायी व्यवस्थामार्फत सहज सेवा प्रवाह प्रयास
काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा ताहाचलस्थित वैदेशिक रोजगार विभागमा भएको आगजनी र तोडफोडपछि कार्यालय पूरै क्षतविक्षत बनेको छ। आगलागीबाट कागजात, फर्निचर, कम्प्युटरदेखि सवारीसाधनसम्म जलेर खरानी भए पनि विभागले सेवा अवरुद्ध हुन नदिई अस्थायी व्यवस्थामार्फत कार्य सञ्चालन गरिरहेको छ।
विभागका उप–महानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर सिवाकोटीका अनुसार अनुगमन, लेखा, योजना–प्रशासन, राहत–उद्धार र अन्तिम स्वीकृति जस्ता शाखा अहिले छुट्टाछुट्टै कक्ष र हलमा स्थानान्तरण गरी सञ्चालनमा छन्।
“जलेका फाइलको सट्टा सेवाग्राही र म्यानपावर व्यवसायीबाट प्रतिलिपि कागजात मागेर सेवा निरन्तर गरिरहेका छौं,” सिवाकोटीले भने, “अनलाइन प्रणालीका कारण श्रम स्वीकृतिसम्बन्धी सेवा रोकिएको छैन।”
डेटा सुरक्षित, अनलाइन प्रणालीले सहयोग
विभागका अधिकांश सेवा हाल ‘फेमिस प्रणाली’ मार्फत अनलाइन भइरहेका छन्। सिवाकोटीका अनुसार अनलाइन श्रम स्वीकृति प्रणालीका कारण आवश्यक डेटा सुरक्षित रहेका छन्, जसले सेवा निरन्तरतामा ठूलो सहयोग पुर्याएको छ।
राहत–उद्धार शाखाका करिब ४ सय फाइलमध्ये अधिकांश सुरक्षित छन्। मुद्दा तथा कारबाहीसँग सम्बन्धित फाइल पनि सुरक्षित रहेका छन्, किनकि ती शाखा विभाग परिसरबाहिर रहेका थिए।
“यदि त्यो शाखामा पनि आगलागी भएको भए ३५ हजारभन्दा बढी उजुरी तथा मुद्दा जलेर नष्ट हुने जोखिम थियो,” उनले बताए।
लेखा परीक्षणमा चुनौती
विभागको आन्तरिक लेखा परीक्षण पूरा भइसकेको भए पनि महालेखाको परीक्षण प्रक्रिया अझै अनिश्चित रहेको सिवाकोटीले जनाए।
“महालेखाले पहिलाको प्रतिवेदनका आधारमा परीक्षण गर्छ वा नयाँ प्रक्रिया अपनाउँछ भन्ने छलफलको विषय बनेको छ,” उनले भने।
सेवा सुचारु राख्ने जिम्मेवारी
आगो र क्षतिका कारण कर्मचारी र सेवाग्राही दुवैलाई असहजता भए पनि विभागले श्रम स्वीकृति, संस्थागत फाइल स्वीकृति, गुनासो तथा राहत–उद्धारलगायतका काम नियमित सञ्चालन गरिरहेको छ।
“कानुन र प्रक्रिया अनुसार मात्रै सेवा दिनुपर्ने भएकाले कतिपयले ढिलाइ ठान्छन्, तर पारदर्शिता कायम गर्न कानुनी प्रक्रिया पालना गर्नैपर्छ,” सिवाकोटीले स्पष्ट पारे।
धरौटी र फाइल पुनःसंरचना
आगजनीमा १ हजार ७ सयभन्दा बढी म्यानपावर कम्पनीका फाइल जलेका छन्। तिनले राखेका ५० हजार रुपैयाँ धरौटी र उजुरी/मुद्दा अभिलेख पनि नष्ट भएका छन्।
विभागले व्यवसायी र बैंक दुवैबाट ‘क्रस–भेरिफिकेसन’ गरी सरकारी रकममा एक रुपैयाँ पनि फरक नपर्ने गरी अद्यावधिक गर्ने कार्य अघि बढाएको छ।
त्यस्तै, कर्मचारी सरुवा–बढुवासम्बन्धी फाइल पनि जलेका कारण कर्मचारीहरूलाई आफ्ना कागजातको प्रतिलिपि बुझाउन भनिएको छ।
घटनाको विवरण
२४ भदौ दिउँसो एक समूह विभाग परिसरभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेको थियो।
सुरक्षागार्डले मूलगेटमा ताला लगाइसकेका बेला प्रदर्शनकारीहरूले गेट फोड्दै प्रवेश गरेका थिए।
घटनास्थलमा रहेका एक सुरक्षागार्डका अनुसार, प्रदर्शनकारीले तोडफोडसँगै भवनमा आगो लगाएका थिए र त्यसपछि वैदेशिक रोजगार कार्यालयतर्फ अगाडि बढेका थिए।
तर, गार्डहरूले “माथि क्यान्टिनमा ग्यास सिलिन्डर छ, पड्कियो भने सबै मर्छौं” भनेर चेतावनी दिएपछि उनीहरू कार्यालयमा आगो लगाउनबाट पछि हटेका थिए।
विभाग परिसरमा रहेका सरकारी र निजी मोटरसाइकल जलेका थिए, तर बाहिर पार्क गरिएका सवारीसाधन भने सुरक्षित रहेका थिए।
सहज सेवा प्रवाहको प्रयास
विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुसार, आगजनीपछि पनि सेवा सहज बनाउन निरन्तर प्रयास भइरहेको छ।
“आवश्यक कागजात सेवाग्राही वा सम्बन्धित निकायबाट संकलन गरेर सेवा सुचारु राख्ने काम भइरहेको छ,” ढकालले भने।
स्थान साँघुरो भए पनि सबै शाखा संयुक्त रूपमा जिम्मेवारीपूर्वक काम गरिरहेका छन्। विभागले सेवा अवरुद्ध हुन नदिन गरेको यो प्रयास अहिले प्रशंसनीय मानिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



