

काठमाडौँमा मापसे चेकिङ पुनः सुरु, प्रहरीद्वारा सवारी चालकमा निगरानी कडा
काठमाडौँ। हालैको जेन–जेड आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको नेपाल प्रहरीले राजधानीमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन सञ्चालन गर्ने गतिविधि नियन्त्रणमा लिन फेरि सक्रियता बढाएको छ।
तिहार नजिकिँदै गर्दा सम्भावित दुर्घटना र अव्यवस्था रोक्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रहरीले मापसे चेकिङ अभियानलाई पुनः निरन्तरता दिएको हो।
प्रहरीका अनुसार, बढ्दो भीडभाड, रात्री समयको गतिविधि र चाडपर्वका समयमा चालकको लापरबाही रोक्ने उद्देश्यले चेकिङलाई नियमित र कठोर रूपमा सञ्चालन गरिएको छ।
काठमाडौँ उपत्यकामा अहिले थानास्थरमा विशेष टोली गठन गरी मुख्य सडक, पार्टी प्यालेस, रेस्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू नजिक मापसे परीक्षण सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ताका अनुसार, “यो अभियानले केवल कारबाही होइन, सुरक्षा सचेतना र जिम्मेवार नागरिकता प्रवर्द्धन गर्ने उद्देश्य पनि राखेको छ।”
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



