

प्रधानमन्त्री कार्कीविरुद्ध ‘जेन्जी’ आन्दोलन समूहको आरोपपत्र प्रहरीलाई
काठमाडौं — ‘जेन्जी आन्दोलन’ का नाममा सक्रिय एक समूहले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध कडा आरोपसहित प्रहरी महानिरीक्षकलाई पत्र बुझाएको छ। समूहका तर्फबाट रविकिरण हमालले मंगलबार महानिरीक्षक कार्यालयमा उक्त पत्र दर्ता गराएका हुन्।
पत्रमा प्रधानमन्त्री कार्कीले जेन्जी विद्रोहका क्रममा युवाहरूको बलिदानको अवमूल्यन गर्दै “अवैधानिक तरिकाले सत्ता कब्जा गरेको” आरोप छ। संविधान र जनमतको उल्लङ्घन गर्दै सत्तामा पुगेको भन्दै यो कार्यलाई ‘राष्ट्रघात’ तथा ‘कानुनी परम्पराको धज्जी उडाउने’ कदमको संज्ञा दिइएको छ।
त्यस्तै, कार्की नेतृत्वको मन्त्रिपरिषद्मा भ्रष्टाचारमा संलग्न, दातृ निकायसँग अनुचित सम्बन्ध राख्ने र बलिदानप्रति असंवेदनशील व्यवहार प्रदर्शन गर्ने व्यक्तिहरू सामेल भएको दाबी गरिएको छ।
विद्रोहका दिन निर्दोष युवामाथि गोली चलाउने जिम्मेवारहरूलाई संरक्षण दिइएको र उनीहरूलाई पुनः राजनीतिक रूपमा सशक्त बनाइने प्रयास भइरहेको पनि आरोपपत्रमा उल्लेख छ।
हमालले कार्की सर्वोच्च अदालतको प्रधान न्यायाधीश रहँदा राजनीतिक आस्थाका आधारमा न्यायाधीश नियुक्ति गर्दै न्यायालयको स्वतन्त्रता कमजोर बनाएको आरोप पुनः दोहोर्याएका छन्।
प्रधानमन्त्रीलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी र सार्वजनिक छानबिन अघि बढाउन माग गरिएको पत्रमा उल्लेख छ। प्रहरी मुख्यालयले भने यसबारे औपचारिक प्रतिक्रिया भने अद्यापि दिएको छैन।

समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



