मूर्ति विसर्जन क्रममा डुबेर रुपन्देहीमा ३ को मृत्यु

बुटवल। मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ।गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो।
मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए।

बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो। करिब २०० मिटर तल शव फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता कार्कीले बताए।
दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए। सोही घाटमा छठको तयारी पनि सुरु भइसकेको थियो।तिहारको बेला गाउँका तीन युवाको पनि डुबेर मृत्यु भएको थियो। बुधबारको घटनापछि सूर्यपुरा र मायादेवी शोकमा डुबेको स्थानीय सन्दीप गुप्ताले बताए ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
242 Shares