

जेन जेड आन्दोलनमा विदेशी संलग्नता : सिक्किमका ‘सेमिङ गुरु भारत’ प्रमुख आयोजकको रूपमा चिनिए
काठमाडौं ।
भदौ २३ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शन र त्यसको भोलिपल्ट अर्थात् भदौ २४ गते भएको तोडफोड तथा विध्वंश घटनामा विदेशी नागरिकहरूको सक्रिय उपस्थिति रहेको खुलेको छ। सुरक्षा निकायका प्रारम्भिक तथ्यांक अनुसार ती दिनहरूमा तिब्बती शरणार्थी र नेपाली मूलका भारतीय नागरिकहरू उल्लेख्य संख्यामा सहभागी भएका थिए।
सुरक्षा स्रोतका अनुसार पछिल्ला केही हप्तादेखि पश्चिम सिक्किमका सुरेन्द्रकुमार राई ( जो ‘सेमिङ गुरु भारत’ नामले परिचित छन् )ले नेपाली मूलका भारतीय जेन जेड समूहलाई आन्दोलनमा सहभागी गराउने तयारी गर्दै आएका थिए। उनी सशस्त्र अभ्यासमा दक्ष टोलीसँग पनि नजिक रहेको बताइन्छ, जसका कारण आन्दोलनमा भारतीय युवाहरूको चर्को उपस्थिति देखिएको अनुमान गरिएको छ।
भदौ २३ गते बानेश्वरको आकाशे पुलमा कालो चस्मा र अनुहारमा मास्क लगाएर आफ्नो टोलीसहित देखिएका राईले त्यही पोशाकमा माइतीघर मण्डलाको प्रदर्शनमा समेत भाग लिएका थिए। सहभागीहरूका अनुसार उनले प्रधानमन्त्रीका नाममा तयार गरिएको ज्ञापनपत्र आफैं वाचन गरेका थिए।
त्यसै क्रममा, भारतीय पक्षकै सल्लाहमा राईले केही नेपाली अभियन्ताहरुलाई दर्ता भइसकेको “परिवर्तन पार्टी” सँग आवद्धता जनाउन सुझाएका थिए भन्ने पनि बाहिर आएको छ। सो पार्टीका संयोजक सुदन गुरुङसँग पनि यस विषयमा विस्तृत छलफल भएको राई निकट स्रोतहरूले बताएका छन्।
उक्त पार्टीका अध्यक्ष रमेश नाल्बो, जसको ठेगाना काठमाडौं महानगरपालिका–३, लाजिम्पाटमा उल्लेख गरिएको छ, सँग यस विषयमा प्रतिक्रिया लिने प्रयास गरिएको थियो तर सम्पर्क हुन सकेन। पार्टीले यससम्बन्धी कुनै आधिकारिक वक्तव्य समेत अहिलेसम्म सार्वजनिक गरेको छैन।
सुरक्षा निकायले भदौ २३ र २४ का दिनका भिड भिडियो विश्लेषण र चेहरा पहिचान प्रविधिमार्फत अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



