मौसममा खराबीले त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं। मौसममा बदली भएपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान अवतरण प्रभावित भएको छ।काठमाडौंको मौसम बिहानदेखि नै धुम्म रहेका कारण जहाज उडान अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए।
‘मौसममा खराबीका कारण विमानले आकाशमा एक दुई फन्को मार्नु परेको छ। उडानका लागि विमास्थलमा जहाज होल्डमा छन्। उडान अवतरण त भइरहेको छ। तर सामान्य अवस्थाको जस्तो सहज छैन,’ उनले भने।
उनका अनुसार मौसममा खराबीका कारण त्रिभुवन विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) बन्द भएको छ। जहाज इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर)अन्तर्गत उडान अवतरण भइरहेको छ।
त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि इस्तनबुलबाट आएको टर्किस एयरलाइन्स, भारतबाट आएको इन्डिगो, धनगढीबाट आएका श्री एयरलाइन्स र बुद्ध एयरलाइन्स, कलकताबाट आएको बुद्ध एयरलाइन्स र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सका जहाज ओभरसुट भएका छन्।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
301 Shares