

जनरक्षा डटकम छैठौं वर्षमा प्रवेश : लोकतन्त्र, पीढी र उत्तरदायित्वको संगम
आज जनरक्षा डटकम आफ्नो छैठौं वर्षमा प्रवेश गर्दैछ। यो यात्राको पाँच वर्ष हामीले सत्य, जवाफदेही र विवेकपूर्ण पत्रकारिताको बाटोमा बितायौं। सत्ताका गल्लीदेखि सडकसम्म, भावनाका स्पन्दनदेखि तथ्यका तहसम्म— हामीले देखेका कुरा निर्भिकताका साथ पाठकमाझ राख्यौं।
अब नयाँ वर्षसँगै हामी अझ गहिरो उत्तरदायित्व र नयाँ पीढीको आकांक्षासँग अघि बढ्दैछौं।
लोकतन्त्र र गणतन्त्रको संस्थागत यात्रामा देश प्रवेश गरिसकेको छ। संघीयता कार्यान्वयन हुँदैछ, प्रदेश र स्थानीय तहले जनताको नजिक सरकारको अनुभूति गराउँदै छन्। तर, आजको सबभन्दा ठूलो प्रश्न भनेको यही हो —
के हामीले सुशासनलाई जीवन्त बनायौं? के पारदर्शिता, उत्तरदायित्व र जनविश्वासले शासनको मेरुदण्ड बनिसकेका छन्?
सुशासन नै विकासको पूर्वशर्त हो। नियम, विधि र उत्तरदायित्वमा टेकेर मात्र देशले स्थायी समृद्धिको बाटो समात्न सक्छ। विकास केवल ठूला आयोजनाहरूको नाम होइन — यो सामाजिक न्याय, अवसरको समानता र नागरिक स्वाभिमानसँग जोडिएको दीर्घयात्रा हो।
हामी यही प्रश्नहरूसँग सधैंजस्तो अब पनि चनाखो भएर अघि बढ्नेछौं।
यस वर्ष, हामीले धेरै अघिदेखि घोषणा गरेको स्वेच्छिक ग्राहक योजना सुरु गर्दैछौं। स्वतन्त्र पत्रकारिता आर्थिक आत्मनिर्भरता र नागरिक भरोसामा टेकेको हुन्छ भन्ने हाम्रो विश्वास हो। यही आधारमा, हामी हाम्रो पाठकहरूसँग नयाँ साझेदारीको सूत्र गाँस्दैछौं — पारदर्शी, जिम्मेवार र दीगो मिडिया यात्राका लागि।
यो वर्षको अर्को विशेषता भनेको “जेनजेड आन्दोलन” हो — युवा पुस्ताले देखाएको आक्रोश, सचेतता र परिवर्तनको ऊर्जा। उनीहरूले प्रश्न गरेका छन्— “कसका लागि लोकतन्त्र?” “किन सुशासन अझै सपना मात्रै हो?”
हामी यो नयाँ पुस्ताको आवाजलाई केवल समाचारको रूपमा होइन, सामाजिक रूपान्तरणको संकेतका रूपमा पढ्नेछौं। उनीहरूको असन्तुष्टि चेतनाको रूपान्तरण हो; तिनको आन्दोलनले हामी सबैलाई संस्थागत भ्रष्टाचार, असमानता र निष्क्रिय राजनीतिबाट जगाउने काम गरेको छ।
जनरक्षा डटकम तिनै युवा आवाजहरूलाई जिम्मेवार पत्रकारिताको माध्यमबाट सन्तुलित तर प्रभावकारी रूपमा समाजमाझ ल्याउने प्रतिवद्धतामा रहन्छ।
हाम्रो लक्ष्य स्थिर छ —
लोकतान्त्रिक मूल्यको संरक्षण, राष्ट्रियताको सुदृढीकरण, पारदर्शिता र उत्तरदायित्वमा आधारित सुशासनको समर्थन, र सबै नेपालीलाई समेट्ने समावेशी लोकतन्त्रको मध्यमार्ग।
पाँच वर्षमा प्राप्त पाठकको विश्वास हाम्रो पुँजी हो। यही भरोसाले हामीलाई हरेक दिन सचेत, निर्भीक र सन्तुलित बनाउँछ। आगामी वर्ष, हामी अझ खरो विश्लेषण, विस्तृत अनुसन्धान र पाठक सहभागितासहित उपस्थित हुने प्रतिज्ञा गर्दछौं।
छैठौं वर्षमा— जनरक्षा डटकम लोकतन्त्रको प्रहरी, युवाको आवाज र सत्यको पहरेदारका रूपमा अडिग रहिरहनेछ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



