रास्वपा सभापति लामिछानेसहित सहकारी ठगी प्रकरणको सुनुवाइ शुरु

तुलसीपुर, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशी विरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ आज उच्च अदालत तुलसीपुरमा शुरु भएको छ।

उच्च अदालतको ४ नम्बर इजलास (बुटवल)का न्यायाधीश ओमप्रकाश अर्यालतेजनारायण पौडेलले मुद्दाको सुनुवाइ गरिरहेका छन्। यसअघि भदौ २४ गते, रास्वपा कार्यकर्ताले लामिछानेविरुद्धको मुद्दासँग सम्बन्धित कागजात जलाउने प्रयास गरेका थिए। तर, उच्च अदालत भवनमा बाक्लो सुरक्षाकर्मी परिचालन हुँदा आगो फैलिन सकेन।

यस घटनापछि लामिछाने र उनका तत्कालीन व्यवसायिक साझेदार जोशीविरुद्धको मुद्दा आज पुनः पेशी चढेको हो। लामिछानेले आफ्नो भागको विगो बराबरको धरौटी बुझाएर रिहा हुनुपर्ने माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए, तर साउन २६ गते न्यायाधीश नारायण सापकोटा को इजलासले अस्वीकार गरेको थियो। त्यसपछि उनी सोही निवेदन लिएर उच्च अदालत पुगेका हुन्।

हाल लामिछाने ख्खु कारागारमा छन् भने जोशी रूपन्देही कारागारमा राखिएका छन्। यस प्रकरणका मुख्य आरोपित जिबी राई को खोजी पुनः शुरु गरिएको छ।

साथै, प्रधानमन्त्री सुशीला कार्कीले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसक्दा कतिपयले ‘जिबीलाई खोजेर मन्त्री बनाउँ’ भन्दै सरकारलाई कटाक्ष गर्दै आएका छन्। लेखक नविन प्राचिनले लेखेका छन्, “जिबी राई, ओ जिबी राई, अब त मुलुक फर्क ब्रो, सहकारी मन्त्रालय खाली भो !”

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
281 Shares