निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति समक्ष सुरक्षा परिषद् बैठकको सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालनको सिफारिस मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो । बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको थियो ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, र प्रधानसेनापति अशोकराज सिग्देललगायत पदाधिकारीहरूको उपस्थिति थियो।रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्य–सचिव सुमनराज अर्यालका अनुसार बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरेको छ। यो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइनेछ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
434 Shares