

गृह सचिव दंगाल र आईजीपी कार्कीद्वारा दलिन्चोकस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण स्थलको अनुगमन
काभ्रेपलाञ्चोक — भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका–६, दलिन्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रगतिबारे स्थलगत निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सरकारका गृहसचिव रामेश्वर दंगाल प्रमुख अतिथि रहेका थिए।
उक्त निरीक्षण टोलीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी एआईजी शिद्धी बिक्रम शाह, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका एआईजी हिमालय कुमार श्रेष्ठ, भारतीय दूतावासका उपनायब प्रमुख (DCM) डा. राकेश पाण्डे सहितका प्रतिनिधिहरू, गृह मन्त्रालय नीति तथा योजना महाशाखाका सह–सचिव सुरेश पन्थी, भौतिक पूर्वाधार निर्देशनालयका प्र.व.उ. ई. राम कुमार चौधरी, तथा अन्य वरिष्ठ प्रहरी अधिकारीहरूको उल्लेख्य उपस्थिति थियो।
परियोजनामा संलग्न भारतीय परामर्शदाता Central Public Works Department (CPWD) का इन्जिनियर तथा निर्माण व्यवसायी ACIL–RCPL JV का प्राविधिक टोलीले प्रतिष्ठानको निर्माण प्रगति, प्रविधि तथा संरचनात्मक पक्षबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए।
गृहसचिव दंगाल, आईजीपी कार्की तथा टोलीका पदाधिकारीहरूले निर्माणाधीन संरचनाहरूको स्थलगत अवलोकन गर्दै आवश्यक निर्देशन र सुझावहरू प्रदान गरेका थिए। निरीक्षणसँगै प्रतिष्ठान परिसरमा वृक्षारोपण कार्यक्रम समेत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा परियोजनाका संयोजक तथा प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी शिद्धी बिक्रम शाहले उपस्थित सबैजना महानुभावप्रति आभार व्यक्त गर्दै परियोजना गुणस्तरीय र समयमै सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरेका थिए।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



