

पूर्वमन्त्री भगबती चौधरीको पहलमा निर्मित एक सय सुरक्षित घरहरू हस्तान्तरण
मोरङ । सुनसरीको गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न परिवारका लागि निर्माण गरिएका एक सय नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा मंगलबार आयोजित विशेष समारोहमा एकसय घरहरु गरिब, विपन्न नागरिकलाई हस्तान्तरण गरिएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नं. ३ की निवर्तमान सांसद समेत रहेकी पूर्वमन्त्री भगबती चौधरीको विशेष पहलमा निर्माण गरिएका वातावरणीय भूकम्प प्रतिरोधी तीन कोठे घरहरु हस्तान्तरण गरिएको हो । ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले अन्तर्राष्ट्रिय दातृ निकाय संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको वित्तीय सहयोगमा निर्माण गरिएका उक्त घरमा २ वटा शयन कक्ष, एक भान्सा कोठा, शौचालय र खानेपानीका लागि कल समेत जडान गरिएको छ । गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण परियोजनाअन्तर्गत निर्मित घरहरुको लागत ६ लाख ५० हजार छ ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न, दलित, मुसहर, ऋषिदेव जस्ता भूमिहिन जनताको आवासका लागि आफ्नै घरमा बस्ने ब्यवस्था गर्न आफ्नो लामो समयदेखिको योजनाको केही अंश पुरा भएको बताइन् । ‘आफ्नो निर्वाचन क्षेत्रलाई विकासकै नमूना क्षेत्रका रुपमा परिभाषित गर्न सकुँ भन्ने मेरो ध्येय थियो, यहाँका गरिब, विपन्न, असहाय, दलित, मुसहर, मोची राम समुदाय जसको आजसम्म कुनै जग्गा जमिन थिएन, बस्नलाई सुरक्षित घर थिएन उहाँहरुको पिडादायी, कष्टकर जीवनमा थोरै भएपनि मल्हम लगाउन सक्यौं ।’ फरवार्डकी संस्थापक समेत रहेकी चौधरीले भनिन् ।
आफ्नो निर्वाचन क्षेत्र विकासका दृष्टिकोणले जिल्लाकै सबैभन्दा पछि परेको क्षेत्र भएकोले त्यहाँका जनताको जीवनस्तर उकास्न आफुले सक्दो प्रयास गरिरहेको र आउँदा दिनहरुमा पनि गरिरहने बताउँदै चौधरीले जनताहरु विकासका आधारभूत आवश्यक्ताबाट पूर्ण भएपछि मात्र देश सम्पन्न हुने जिकीर गर्नुभयो । ‘देश त्यत्तिबेला मात्र सम्पन्न र सवल हुन्छ जतिबेला जनताहरु विकासका आधारभूत तत्वबाट पूुर्ण हुन्छन् । गाँस, बास र कपाससँगै शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, सिचाई, सूचना सञ्चार, रोजगारीमा जनताको सहज पहुँच पुगेपछि मुलुक आत्मनिर्भर र सवल हुन्छ ।’ मुलुकलाई आत्मनिर्भर, जनतालाई समृृद्ध बनाउने कार्यमा कुनै एक पक्षले मात्र प्रयास गरेर सार्थक नहुने भन्दै पूर्वमन्त्री चौधरीले देश र समाज निर्माणमा सबैको सामुहिक प्रयास हुुनु अपरिहार्य रहेको पनि बताइन् ।
कार्यक्रममा बोल्दै बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका उपाध्यक्ष लिन पी यूले नेपाल र नेपालीको जीवनस्तर सुधार्न फाउण्डेशनले विगत १३ वर्षदेखि सहकार्य गर्दै आइरहेको जनाउँदै निर्माण गरिएका एक सय घरले सो क्षेत्रका अति विपन्न समुदायका नागरिकको जीवन सुधार्न टेवा पुग्ने विस्वास लिएको बताइन् । आउँदा दिनहरुमा पनि सो क्षेत्रका गरिब, विपन्न नागरिकलाई सेवा गर्न आफुहरु तत्पर रहेको उपाध्यक्ष दिन पी यूले उल्लेख गरिन् ।
समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी, गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरी लगायतले सो क्षेत्रका खोला किनारा, सरकारी भूमिमा अब्यवस्थित रुपमा बसोबास गरिरहेका गरिब, विपन्न नागरिकले ठूलो राहत प्राप्त गरेको बताए । सो अवसरमा विपन्न नागरिकका परिवारलार्ई घरसँगै आवश्यक लत्ताकपडा र खाद्यान्नसमेत वितरण गरिएको थियो ।
फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले सुनसरीको दुहबी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र इटहरी उप–महानगरपालिकामा गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण गरिएको जानकारी दिए । उनका अनुसार गत वर्ष शिलान्यास गरिएको परियोजनाअन्तर्गत दुहबी–९ मा १४ घर, गढी–२ मा ४० घर, बर्जु १, ३ र ५ मा ३० घर तथा इनरुवा–७ मा १६ गरी १ सय घर निर्माण गरिएको छ । फरवार्ड नेपालले निकट भविष्यमा पुनः यस्ता सुरक्षित घरहरु निर्माण गरेर गरिब विपन्न नागरिकलाई वितरण गर्ने लक्ष्य लिएको छ ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



