डीआईजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड, कानूनविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कडा चेतावनी

विराटनगर । प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले कोशी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर भएका डीआईजी घिमिरेले बिहीबारबाट कार्यभार सम्हालेका हुन् ।
उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सहित प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै भर्चुअल माध्यद्वारा उपस्थित जिल्ला प्रहरी प्रमुखहरू लगायत मुद्धा चल्ने इकाईहरुका प्रमुखहरुलाई जस्तो सुकै विषम परिस्थितिमा समेत अग्र पङ्क्तिमा रहेर उच्च मनोबलका साथ समाजमा अपराध नियन्त्रण गरी शान्ती सुरक्षा प्रदान गर्न निर्देशन दिए ।साथै उनलले राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्न र कानून बिपरित काम गर्नेलाई तत्काल कारवाही गर्न समेत निर्देशन दिए ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि

1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
147 Shares