

तनहुँमा धान उत्पादन बढ्यो
तनहुँ । यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
आठ हजार ५१२ हेक्टरमा सावित्री, राम, सुक्खा ३, मकवानपुर १, सावा मन्सुली, कालो मसिनो, हाइब्रिड (वर्णशङ्कर) जातका धान उत्पादन भएका हुन् । गत आर्थिक वर्षमा आठ हजार १२० हेक्टरमा खेती गरिएकामा ३३ हजार २९२ मेट्रिक टन उत्पादन भएको थियो ।
जिल्लाको १३ हजार ५५१ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको उक्त कार्यालयका सूचना अधिकारी किरण परियारले बताए । छ हजार ३४७ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने सात हजार २३६ हेक्टरमा मौसमी सिँचाइको व्यवस्था छ । हालैको बेमौसमी वर्षाले रु एक करोड बराबरको क्षति भएको उन बताए।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



